बागमती प्रदेशमा एकैदिन एक हजारबढी कोरोना संक्रमित थपिए

हेटौडा न्युज
१३ आश्विन २०७७, मंगलवार १७:१५
;

मकवानपुर । बागमती प्रदेशमा पछिल्लो २४ घण्टामा १ हजारबढी कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेशको विभिन्न जिल्ला गरी १ हजार २८ जना संक्रमित थपिएका हुन् ।

मंगलबार देशभर १ हजार ५ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जस मध्ये बागमती प्रदेशका मात्रै १ हजार २८ जनामा संक्रमण पुष्टि भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका ७ सय ४७ जना, काभ्रेका १३, चितवनका ६२, धादिङका ४, नुवाकोटका ४, भक्तपुरका ७३, मकवानपुरका ६, रामेछापका १, ललितपुरका १ सय १४, सिन्धुलीका ३ र सिन्धुपाल्चोकका १ जना गरी एक हजार २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, प्रदेशमा हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या १५ हजार ३ सय ११ जना पुगेको छ ।

प्रदेशमा हाल ६ हजार ५ सय ३२ जना आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै ६ हजार ४ सय ४७ जना होम आइसोलेशनमा, ५ सय ४९ जना क्वारेन्टाइनमा, १ सय १० जना आइसियुमा र २६ जना भेन्टिलेटरमा रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*