साढे २ करोड कोरोनाविरूद्धको भ्याक्सिन नेपाल ल्याउन सम्झौता

हेटौडा न्युज
१३ आश्विन २०७७, मंगलवार १७:५२
;

काठमाडौं । कोरोना भाइरसविरुद्धको साढे २ करोड डोज खोप नेपालमा ल्याउनका लागि सम्झौता भएको छ । रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्ड र नेपाली औषधी उत्पादक कम्पनी ट्रिनिटी फर्मास्युटिकल्सबीच २ करोड ५० लाख डोज रुसी भ्याक्सिन ‘स्पुटनिक–५’ नेपाल ल्याउने सम्झौता भएको हो ।

फन्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) किरिल डिमिट्रेभले ट्रिनिटीसँग भएको सम्झौताबाट नेपालका ९० प्रतिशत जनसंख्याका लागि पुग्नेगरी भ्याक्सिन उपलब्ध हुने जानकारी दिए ।

२ करोड ५० लाख भ्याक्सिनले नेपालको ९० प्रतिशत जनासंख्यालाई समेट्ने बताइएको छ ।

नेपालमा ल्याइने भनिएको ‘स्पुटनिक–५’ भ्याक्सिन ‘ह्युमन एडेनो भाइरल भेक्टर्स प्लेटफर्म’ मा आधारित छ ।

रुसी फन्डले यस सम्झौतासम्बन्धी समाचार आफ्नो वेबसाइटमा समेत प्रकाशित गरिसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*