हेटौंडामा सवारी दुर्घटना हुँदा ९ जना घाईते

मकवानपुर । हेटौंडामा सवारी दुर्घटना हुँदा ९ जना घाईते भएका छन् । पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–११ नवलपुरमा मनहरीबाट हेटौंडा तर्फ आउँदै गरेको ना ५ त ७७०० ट्याक्टरलाई सोही दिशाबाट आउँदै गरेको ना १ ज ८६८५ नम्बरको माइक्रोबसले ठक्कर दिँदा ९ जना घाईते भएका हुन् ।
दुर्घटनामा ट्याक्टर चालक हेटौंडा– ११ का गणेश गिरी, ट्याक्टरका सह–चालक हेटौंडा–११ कै राकेश प्रजा, माइक्रोबसमा सवार पर्सा विरगञ्जका दया सागर साह, लमजुङका राजेन्द्र गुरुङ, उनकी श्रीमती रिना गुरुङ, उनकी २७ महिने छोरी कृष्टिना गुरुङ, मकवानपुरको बागमती गाउँपालिकाका कृष्ण ब. थिङ, हेटौंडा–४ की गिता सुबेदी र मनहरी गाउँपालिकाका राज कुमार प्रजा घाइते भएका हुन् ।
उनीहरुको हेटौंडा–११ स्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।