मलेसियामा नेपालीलाई बन्धक बनाई १६ लाख असुल्ने पक्राउ श्रेष्ठ पक्राउ

हेटौडा न्युज
१४ आश्विन २०७७, बुधबार १२:३८
;

काठमाडौं । मलेसियामा एक जना नेपाली नागरिकलाई नै बन्धक बनाई रकम असुलेको आरोपमा एक जनालाई मंगलबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको सुन्दरपुरका ४४ वर्षीय डेभिड भनिने दुर्गाबहादुर श्रेष्ठ रहेका छन् ।

मलेसियामा टप ग्लोभ कम्पनीमा नेपाल कर्नर क्यान्टिन सञ्चालन गर्ने श्रेष्ठले श्रीमती धनमाया श्रेष्ठ र ड्राइभर श्याम नेपालीको सहयोगमा मलेसियामै काम गर्ने दाङको पहरुवाका मध्म रैदास ७ दिनसम्म बन्धक बनाएको नेपालको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।

रैदासकी श्रीमतीले पटक–पटक गरी १५ लाख ९२ हजार आफ्नो खातामा हालिदिएपछि मात्रै दुर्गाबहादुरले अपहरणमुक्त गरेका थिए ।

पीडितकी श्रीमतीको जाहेरीका आधारमा अनुसन्धान गर्दै जाँदा दुर्गाबहादुर नेपाल आएको भन्ने गोप्य सूचना प्रहरीले प्राप्त गरेको थियो । त्यसैका आधारमा खोजतलास गर्दा उनलाई असोज १३ गते काठमाडौंको कान्ती बाल अस्पतालनजिकबाट बा १४ च २११२ नम्बरको जिपबाट पक्राउ गरिएको जानएको छ ।

साथै दुर्गाबहादुरले मलेसियामा काम गर्न गएका अन्य नेपाली कामदारलाई समेत धम्काई कुटपिट गरेको पनि खुल्न आएको प्रहरीले बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*