बाघको आक्रमणबाट २६ वर्षीय पुरुषको मृत्यु, दुई जना घाइते
![](https://www.hetaudanews.com/wp-content/uploads/2020/09/tiger_attack.jpg)
काठमाडौं । रौतहटमा बाघको आक्रमणमबाट एक पुरुषको मृत्यु भएको छ । बाधको आक्रमणबाट चन्द्रपुर नगरपालिका–६ घर भएका २६ वर्षीय संगम भण्डारीको मृत्यु भएको हो ।
मंगलबार घाँस काट्न जाँदा बेपत्ता भएका संगमको कम्मरभन्दा तलको भाग बाघले खाएर छाडेको अवस्थामा शव रंगपुर साझेदारी वनमा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
घाँस काट्न गएका संगम नफर्केपछि खोज्न जाँदा मंगलबार साँझ चन्द्रपुर–६ का ३० वर्षीय अशोक थापा र ३४ वर्षका प्रविण श्रेष्ठलाई बाघले आक्रमण गरेको थियो ।
बाघको आक्रमणबाट घाइते भएका उनिहरुको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको का प्रहरी उपरिक्षक (एसपी) सिद्धिविक्रम शाहले बताए ।