२० घण्टाको नवजात शिशुमा कोरोना संक्रमण पुष्टि

पोखरा । २० घण्टाको नवजात शिशुमा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा महानगरपालिका– ४ का शिशुमा कोरोना संक्रमण पुष्टि भएको हो ।
शिशुलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको एनआइसियूमा भर्ना गरिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदबिन्दु शर्माले जानकारी दिए ।