पूर्वप्रधानमन्त्री भट्टराईले खुल्लामञ्चमा सर्वसाधारणलाई खाना खुवाए
काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले सर्वसाधारणका लागि खाना खुवाएका छन् ।
कोरोना महामारीका कारण रोजगारी र काम गुमाएकाहरुलाई काठमाडौंको खुलामञ्चमा विभिन्न सामाजिक संघसंस्थाले खाना खुवाइरहेका छन् ।
डा. भट्टराईले करिब आधा घण्टा सर्वसाधारणलाई खाना बाँडेका थिए । खाना बाँड्दा उनले सर्वसाधारणहरुसँग केहीबेर कुराकानी समेत गरेका थिए ।