तीन जना कोरोना संक्रमितको मृत्यु

हेटौडा न्युज
१४ आश्विन २०७७, बुधबार १४:४९
;

विराटनगर । विराटनगरका विभिन्‍न अस्पतालमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा दुई र नोबेल अस्पतालमा एकजनाको मृत्यु भएको हो ।

सुनसरीको इटहरी उपमहानगरपालिका ५ का ७३ वर्षीय पुरुषको कोभिड अस्पतालमा‌ बुधबार दिउँसो मृत्यु भएको छ ।

बुधबार बिहान कोसी अस्पतालमै मोरङको जहदा गाउँपालिका– ६ का ६० वर्षीय संक्रमित पुरुषको पनि मृत्यु भएको थियो ।

यस्तै विराटनगरस्थित नोबेल मेडिकल कलेजमा सुनसरीको हरिनगर २ का ५० वर्षीय संक्रमित पुरुषको पनि बुधबार मृत्यु भएको अस्पतालले जनाएको छ ।

यो सँगै प्रदेश १ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७१ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*