मकवानपुरको राक्सिराङमा १५ शैयाको अस्पताल बन्ने
मकवानपुर । मकवानपुरको विकट क्षेत्र राक्सिराङ गाउँपालिकामा १५ शैयाको अस्पताल बन्ने भएको छ । शिक्षा, स्वास्थ्य र अन्य भौतिक विकासबाट पछाडी परेका चेपाङ समुदायको बाहुल्यता रहेको गाँउपालिकामा अस्पताल बन्ने भएको हो ।
गाउँपालिका–५ चैनपुरमा मंगलबार चौकीको जगको पूजा गरी निर्माण कार्य सुरु गरिएको छ ।
गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लका अनुसार हाल स्वास्थ्य चौकी निर्माण गरिने र पछि त्यसचौकीलाई स्थान्तरण गरी अस्पतालको रुपान्तर गर्दै लैजाने बताएका छन् ।
राष्ट्रिय पुनर्निमाण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाइ हेटौंडा कार्यालयले १ करोड ५० लाख लगानीमा स्वास्थ्य चौकी निर्माण गर्न लागेको हो ।
अस्पतालको लागि स्थानीय हरी प्रजाले १३ कठ्ठा निःशुल्क जमिन उपलब्ध गराएका हुन् ।