थप १५ सय ५४ जनामा कोरोना पुष्टि

काठमाडौं । नेपालका थप १ हजार ५ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै देशभर संक्रमितको संख्या ७७ हजार ८ सय १७ पुगेको छ ।
यस अवधिमा १ हजार ५७ जना कोरोनाबाट निको भएका छन् । यीसहित हालसम्म देशभर ५६ हजार ४२८ जना कोरोनाबाट निको भएको मन्त्रालयले जनाएको छ ।
अहिले देशभर सक्रिय संक्रमितको संख्या २० हजार ८ सय ९१ रहेका छन् ।