आठ प्रयोगशालाले २४ घण्टामा पिसीआर शुल्क नघटाए अनुमति खारेज गरिने

हेटौडा न्युज
१४ आश्विन २०७७, बुधबार १६:४९
;

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ८ प्रयोगशालालाई शुल्क घटाउन निर्देशन दिएको छ ।
मन्त्रालयद्वारा तोकिएको शुल्कभन्दा बढी पीसीआर परीक्षणको शुल्क लिने ८ प्रयोगशालालाई २४ घण्टनाभित्र शुल्क घटाउन निर्देशन दिएको हो ।

यदि शुल्क नघटाए उनीहरुको अनुमति खारेज गरिने सरकारले चेतावनी दिएको छ ।

सरकारले भदौ २८ गते पीसीआर परीक्षण शुल्क २ हजारभन्दा बढी लिन नपाइने निर्णय गरेको थियो ।

तर स्टार हस्पिटल, ह्याम्स हस्पिटल, बी एण्ड बी हस्पिटल, मेडिसिटी, डिकोड जिनोमिक्स एन्ड रिसर्च सेन्टर, सौर्य हेल्थ केयर प्रालि, सेन्ट्रल डायग्नोस्टिक ल्याबरोट्री एन्ड रिसर्च सेन्टर र इन्ट्रिपिड डायग्नोस्टिक सेन्टरले सरकारले तोकेको भन्दा झन्डै दोब्बर शुल्क लिँदै आएका छन् ।

यी प्रयोशालाले सरकारले तोकेको मुल्यमा परीक्षण गर्न नसक्ने भन्दै ३ हजार ८९९ रुपैयाँमा पीसीआर परीक्षण गर्दै आएका छन् ।

बुधबार बसेको मन्त्रालयको इन्सिडेन्ट कमान्ड सिस्टमले यी अस्पताललाई २४ घण्टाभित्र शुल्क समायोजन गर्न निर्देशन दिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*