कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ४ सय ९८ पुग्यो

हेटौडा न्युज
१४ आश्विन २०७७, बुधबार १६:५६
;

काठमाडौं । नेपालमा कोरोना संक्रमणका कारण थप ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ महिला र ५ पुरुष गरी थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ९८ पुगेको छ ।

कोरोना संक्रमणबाट सुनसरी र मोरङका ६०, ६० वर्षीय दुई पुरुष, सप्तरीका ३९ वर्षीय पुरुष, काठमाडौंका ३४, ८६ वर्षीया दुई महिला र ५४ वर्षीय पुरुष, रुपन्देहीका ८२ वर्षीय पुरुष गरी ७ जनाको मृत्यु भएको हो ।

नेपालमा हाल कुल मृत्युदर शून्य दशमलव ६५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*