आईपीएलको सट्टाबाजीमा संलग्न ३ जना पक्राउ
काठमाडौं । इन्डियन प्रिमयर लिग (आईपीएल) को अनलाइन बेटिङ (सट्टाबाजी) मा संलग्न तीन जना पक्राउ परेका छन् ।
सुराकी परिचालन गरेर सूचना संकलन गरी पक्राउ उनीहरुलाई पक्राउ गरिएको मोरंग प्रहरी प्रमुख उपरीक्षक (एसपी) सन्तोष खड्काले जानकारी दिएका छन् ।
पक्राउ परेकाहरु नेपाली नागरिक भएको र उनीहरुबाट नगद एवं सम्बन्धित कागजात बरामद भएको प्रहरीले जनाएको छ ।










