मकवानपुरका ३८सहित बागमती प्रदेशमा १ हजारबढी कोरोना संक्रमित थपिए

मकवानपुर । बागमती प्रदेशमा एकैदिन १ हजारबढी कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा प्रदेशको मकवानपुरसहित विभिन्न जिल्लामा गरी १ हजार ३६ जना कोरोना संक्रमित थपिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार अनुसार बुधबार देशभर १ हजार ५ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जसममध्ये बागमती प्रदेशका मात्रै १ हजार ३६ जना रहेका छन् ।
संक्रमण पुष्टि हुनेहरुमा काठमाडौंका ६९७, काभ्रेका ९, चितवनका ६२, दोलखाका ३, धादिङका ८, नुवाकोटका ३, भक्तपुरका ९३, मकवानपुरका ३८, रामेछापका २, ललितपुरका ११२, सिन्धुपाल्चोकका ६ र सिन्धुलीका ३ जना रहेका छन् ।
त्यस्तै, प्रदेशमा हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या १५ हजार ७ सय ५ पुगेको छ ।