बली दिन भारत लगिदै गरेका दुई युवतीको उद्धार

हेटौडा न्युज
१५ आश्विन २०७७, बिहीबार ११:४४
;

सुनसरी । नेपाल भारतको सीमाबाट प्रहरीले दुई युवतीलाई उद्धार गरेको छ । सुनसरीको कोशी गाउँपालिका–८ भण्टाबारीस्थित सिमाबाट १९ र २२ वर्षकी दुई युवतीको उद्धार गरिएको. हो ।

सप्तरी घर भएका ती दुई युवतीलाई बली दिन भारततर्फ लैजाँदै गरेको अवस्थामा सुनसरीको भाण्टाबारी नाकाबाटपाल र भारत तर्फका संयुक्त सुरक्षाकर्मीको टोलीले उद्धार गरेको हो ।

प्रहरीले भारततर्फ लैजाने कार्यमा संलग्न रहेको सप्तरी कृष्ण सवरन गाउँपालिका –४ बनौलीका २९ वर्षीय महम्मद साहिल मन्सुरी र सिरहा लाहान नगरपालिका–१९ कटाहका २९ वर्षीय जीवछकुमार साहलाई नियन्त्रणमा लिएको हो ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*