तस्वीरबाटै एसिड पीडितको कथा

‘एसिडले शरिरका अंग जले पनि सपनाहरु जल्दैन ।’
हेटौडा न्युज
१५ आश्विन २०७७, बिहीबार १३:२७
;

मकवानपुर । सरकारले हालै मात्र एसिड आक्रमण सम्बन्धी नयाँ ऐन सार्वजनिक गरेको छ । पछिल्लो समय विभिन्न कारणले हाम्रो समाजमा एसिड आक्रमणका घटना बढ्दो क्रममा छ । सरकारले हालै सार्वजनिक गरेको कानुन अनुसार एसिड पीडितहरुको पिडा केहि हदसम्म कम भएपनि समाजमा उनीहरुले भोगेका समस्या भने अझै उस्तै रहेको छ ।


हेटौंडाको न्यु क्रियशन स्टुडियो, हेटौंडा मल्टिमिडियाद्वारा संचालित हेटौंडा न्युज डटकम र पि.एस मेकप स्टुडियो हेटौंडाको सहकार्यमा एसिड पिडितका पिडा तथा उनीहरुले भोगेका समस्या र सघर्षलाई समेटेर कथाको रुपमा केहि तस्वीरहरु सार्वजनिक गरिएको छ ।


हेटौंडा न्युज डटकममार्फत सार्वजनिक गरिएको ती तस्वीरमा एसिड आक्रमण पछिको अवस्था, हाम्रो समाजले एसिड आक्रमणमा परेकालाई हेर्ने दृष्टिकोण, उनीहरुले समाजमा स्थापीत हुन गर्नु परेको संघर्षको कथा देखाउन खोजिएको छ ।


न्यु क्रियशनका संचालक आदर्श पराजुलीको कन्सेप्ट तथा निर्देशनमा खिचिएका ती तस्वीरमा पि. एस मेकअप स्टुडियोमा नै खिचिएको हो भने स्टुडियोकी संचालीका पुजा श्रेष्ठले मेकअप (श्रृगार)को जिम्मेवारी सम्हालेकी छिन् ।

सृष्टि बास्तोलाले तस्वीरमा सशक्त रुपमा मुख्य पात्रको भुमिका निर्वाह गरेकी छिन् भने पराजुली र शेखर दाहालले क्यामेरा सम्हालेका छन् ।


पराजुलीले सो कथाका लागि अस्मिता चौलागाई, सुरक्षा ढकाल र अन्जन ढकाललाई साहयक पात्रका रुपमा प्रयोग गरेका छन् ।


सार्वजनिक गरिएको तस्वीरमार्फत ‘एसिडले शरिरका अंग जले पनि आफ्ना सपनाहरु नजल्ने’ सन्देश दिन खोजिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*