आफ्नै कोठामा मृतावस्थामा फेला परेकी महिलामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । आफ्नै कोठामा मृतावस्थामा फेला परेकी महिलामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।
भेरीगंगा नगरपालिका–११ घर भई वीरेन्द्रनगर नगरपालिका–११ पिपिरामा कोठा भाडामा बस्दै आएकी ३५ वर्षीय महिला १३ गते साँझ मृत अवस्थामा फेला परेकी थिइन् ।
कोठाको ढोका बन्द भएको अवस्थामा मृत भेटिएकी उनको प्रहरीले मुचुल्का गरी शव उठाएको थियो ।
१४ गते (बुधबार) कर्णाली प्रदेश अस्पताल÷पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।
महिलाको शव नेपाली सेनाको टोलीले बिहीबार व्यवस्थापन गरेको छ ।