नागरिकता सिफारिसका लागि २५ हजार घुस लिने कार्यालय सहयोगी पक्राउ

हेटौडा न्युज
१५ आश्विन २०७७, बिहीबार १३:२३
;

जनकपुरधाम । नागरिकताका लागि सिफारिस गराइदिने भन्दै घुस लिएको आरोपमा जनकपुरधाम उप महानगरपालिकाका एक जना कार्यालय सहयोगी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा उपमहानगरपालिका–१३ कार्यालयका सहयोगी दिलिप पञ्जियार रहेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासस्थित कार्यालयको टोलीले वडा कार्यालय नजिकबाटै पञ्जियारलाई २४ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

उनमाथि थप अनुसन्धान अगाडि बढाइएको अख्तियारको बर्दिवास कार्यालयले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*