विपदका घटनामा परी वैशाखयता ४ सय २ जनाको मृत्यु

हेटौडा न्युज
१५ आश्विन २०७७, बिहीबार १४:१७
;

काठमाडौं । विभिन्न विपदका घटनामा परेर ४ सय २ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद जोखि न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ गतेदेखि असोज १४ गतेसम्ममा बाढी, पहिरो र चट्याङ लागेर त्यति धेरैजनाको मृत्यु भएको हो ।

प्राधिकरणका अनुसार साढे ५ महिनाको अवधिमा विपदमा परेर अहिलेसम्म ४ सय ३९ जना घाइते भएका छन् भने १सय १ जना बेपत्ता भएका छन् ।

प्राधिकरणको तथ्यांकअनुसार पहिरोमा परेर मृत्यु हुनेको संख्या २२५, बेपत्ता हुनेहरुको संख्या ६४ र घाइते हुनेहरुको संख्या २२३ रहेको छ ।

त्यस्तै बाढीमा परेर मृत्यु हुनेहरुको संख्या ४२, घाइतेको संख्या ११ र बेपत्ता हुनेहरुको संख्या ३७ रहेको छ भने चट्याङ लागेर मृत्यु हुनेहरुको संख्या ६५ जना रहेको छ ।

चट्याङ लागेर २ सय ५ जना घाइते भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*