प्रहरीको हिरासतमा रहेकी एक महिलाको मृत्यु

रौतहट । प्रहरीको हिरासतमा रहेकी एक महिलाको मृत्यु भएको छ । गरुडास्थित प्रहरीको महिला तथा बालबालिका सेवा केन्द्रको हिरासत रहेकी एकगुजरा नगरपालिका–२ कटानीबजारकी राधिका राउतको मृत्यु भएको हो ।
अनैतिक सम्बन्धको आरोपमा पक्राउ परेकी राउत बिहीबार बिहान मृत अवस्थामा फेला परेकी हुन् ।
राउतको के कारणले मृत्यु भयो भन्ने बारे अनुसन्धान भइरहेको जनाएको छ ।