विराटनगरमा कोरोना संक्रमित पुरुषको मृत्यु

विराटनगर । विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचाररत एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । सप्तरीको विसनपुर–५ घर भएका ६७ वर्षीय पुरुषको बिहीबार दिउँसोमृत्यु भएको अस्पतालले जनाएको छ ।
वृद्ध यसअघि विराटनगरकै म्याक्स अस्पतालमा उपचाररत थिए । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि उनलाई बुधबार थप उपचारका लागि म्याक्सले नोबेल रीफर गरेको थियो ।
अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालका अनुसारआकस्मिक कक्षको आइसीयूमा राखेर उपचार थाल्दै पीसीआर परीक्षणका लागि बुधबारसाँझ स्वाब संकलन गरिएको थियो ।
नोेबेलकै प्रयोगशालाबाट रिपोर्ट बिहीबार दिउँसो पोजेटिभ आएको र त्यसको पाँच मिनेट पनि बित्न नपाउँदै संक्रमितको मृत्यु भएको हो ।