प्रतिष्ठान पुर्याइएको १५ मिनेट मै मृत्यु

काठमाडौं । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत इटहरीका कोरोना संक्रमितको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका–६ का ५६ वर्षीय पुरुषको बुधबार राति मृत्यु भएको हो ।
उनको विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचार भइहेको थियो । कुनै दीर्घ रोग नभएका उनलाई निमोनियासमेत भएको थियो ।
बुधबार राति प्रतिष्ठानमा ल्याइएको १५ मिनेटपछि उनको मृत्यु भएको थियो । यससँगै बिपी प्रतिष्ठानमा कोरोनाबाट मृत्यु हुनेको सङ्या ३८ पुगेको छ ।