थप १९ सय ११ जनामा कोरोना पुष्टि

हेटौडा न्युज
१५ आश्विन २०७७, बिहीबार १६:३५
;

काठमाडौं । नेपालमा थप १ हजार ९ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ४ सय ४४ जनाको पिसिआर परीक्षण गरिएकोमा १ हजार ९ सय ११ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७९ हजार ७ सय २८ जना पुगेको छ । आज २० हजार ८ सय ९१ जना सक्रिय संक्रमित रहेका छन ।

त्यस्तै पछिल्लो २४ घण्टामा देशभर थप ९६१ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या ५७ हजार ३८९ पुगेको छ ।
हालसम्म नेपालमा १० लाख ३३ हजार ९४७ जनाको पिसिआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*