५७ हजारबढीले जिते कोरोना, कुन प्रदेशमा कति ?

काठमाडौं । थप ९ सय ६१ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकभरका अस्प्तालमा उपचाररत ९ सय ६१ जना कोरोना संक्रमणमुक्त भएका हुन् ।
यो सँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ५७ हजार ३ सय ८९ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयलका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार डिष्चार्ज हुनेमा प्रदेश १ मा ५१२४, प्रदेश २ मा १३८९८, बागमति प्रदेशमा १६०९०, गण्डकी प्रदेशमा ३३७९, प्रदेश ५ मा ८९११, कर्णाली प्रदेशमा २९६८ र सुदुरपश्चिम प्रदेशमा ७०१९ जना कोरोना संक्रमण मुक्त भएका हुन् ।
मन्त्रालयका अनुसार संक्रमितहरुमध्ये संस्थागत आइसोलेसनमा १० हजार ७ सय ६१ जना रहेका छन् । त्यस्तै हाल कोरोना संक्रमित होम होम आइसोलेसनमा ११ हजार ६९ जना रहेका छन् भने क्वारेन्टाइनमा संख्या ५ हजार ७७ रहेका छन् ।
आजसम्म डिस्चार्ज हुनेको यो संख्या ७१.९ प्रतिशत हो ।