कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु, मृतकको संख्या ५ सय नाघ्यो

हेटौडा न्युज
१५ आश्विन २०७७, बिहीबार १७:०१
;

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ५ सय नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएसँगै मृतकको संख्या ५ सय ९ पुगेको हो ।

मृत्युहुनेमा १ जना महिला र १० जना पुरुष रहेको मन्त्रालयले जानकारी दिएको छ ।

कोरोना संक्रमणबाट बाँकेकी ३४ वर्षीया महिलाको मृत्यु भएको हो । त्यसैगरी मृत्यु हुनेमा सुनसरीका ५६ वर्षीय, ५० वर्षीय र २७ वर्षीय रहेका छन् । काठमाडौँका ७८ वर्षीय र ६८ वर्षीय, भक्तपुरका ६८ वर्षीय, ललितपुरका ४८ वर्षीय पुरुषको मृत्यु भएको हो ।

त्यसैगरी रुपन्देहीका ८० वर्षीय, ५५ वर्षीय र ४२ वर्षीय पुरुषको कोरोनाले मृत्यु भएको हो ।

संक्रमित हुनेहरुमध्येबाट मृत्यु प्रतिशत ०.६५ रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*