मकवानपुरका १७सहित बागमती प्रदेशमा एक हजारबढी कोरोना संक्रमित थपिए

हेटौडा न्युज
१५ आश्विन २०७७, बिहीबार १७:३२
;

मकवानपुर । बागमती प्रदेशमा १ हजार १ सय ६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मकवानपुरसहित विभिन्न जिल्ल गरी १ हजार १ सय ६ जना कोरोना संक्रमित थपिएका हुन् ।

बिहिबार देशभर १ हजार ९ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जस मध्ये बागमती प्रदेशका मात्रै १ हजार १सय ६ जना रहेका छन् ।

मन्त्रालयका अनुसार विहिबार काठमाडौंका ८ सय १७, काभ्रेका १७, चितवनका ८६, दोलखाका ३, धादिङका १७, नुवाकोटका १०, भक्तपुरका ५८, मकवानपुरका १७, रामेछापका ६, ललितपुरका ६८, सिन्धुपाल्चोकका ३ र सिन्धुलीका ४ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, प्रदेशमा हालसम्म १६ हजार ९० जनाले कोरोना जितेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*