प्रहरीद्वारा २ सय २९ केजी गाँजा बरामद

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले २ सय २९ केजी लागूऔषध गाँजा बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार अस्थायी प्रहरी पोष्ट नामटारबाट मोटरसाइकल गस्तीमा खटिएको प्रहरी टोलीले गत बुधबार बिहान ५ बजेको समयमा भीमफेदी गाउँपालिका वडा नम्बर–९ ढुङ्गेनको भित्री बाटोको खोल्सीमा ९ वटा बोरामा लुकाएर राखेको सो परिमाणको लागू औषध फेला पारेको जनाएको छ ।
प्रहरी टोलीले बोरा भित्र १८ वटा प्याकेटमा प्याकिङ् सहितको गाँजा फेला पारेको थियो । बेवारिशे अवस्थामा रहेको लागूऔषध लुकाउनेको खोजी कार्य भईरहेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी इन्द्रबहादुर रानाले जानकारी दिएका छन् ।