मकवानपुरको भीमफेदीमा दुर्घटना हुँदा तीन जना घाइते

हेटौडा न्युज
१६ आश्विन २०७७, शुक्रबार ११:२९
;

मकवानपुर । मकवानपुरको भिमफेदीमा सवारी दुर्घटना हुँदा तीनजना घाइते भएका छन् । भीमफेदी गाउँपालिका–१ सुन्दरी मावि नजिकै ना ७ ख ४२५२ नम्बरको आइचर सडकबाट खस्दा दुर्घटना भएको हो ।

दुर्घटनामा परी गाडीको चालक, सहचालक र अर्का एक जना व्यक्ती घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ ।

हेटौंडाबाट काठमाडौं तर्फ जाँदै गरेको आइचर सडकबाट करिब २० मिटर तल खोलामा खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उनीहरुको हेटौंडा अस्पतालमा उपचारपश्चात डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*