हेटौंडाका थप ३ जनामा कोरोना संक्रमण पुष्टि

मकवानपुर । हेटौंडाका थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेजमा बिहिबार गरिएको परीक्षणमा हेटौंडाका थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमित तीनै जना महिला रहेको केन्द्रका डा. नविन कुमार चौधरीले जानकारी दिएका छन् ।
संक्रमण पुष्टि हुनेहरुमा हेटौंडा– १ की ३३ वर्षीया महिला, हेटौंडा –३ की २१ वर्षीया महिला र हेटौंडा–६ की ७५ वर्षीया महिला रहेकी छिन् ।