अमेरिकी राष्ट्रपति ट्रम्प र मेलानिया ट्रम्पलाई कोरोना संक्रमण पुष्टि

हेटौडा न्युज
१६ आश्विन २०७७, शुक्रबार ११:५०
;

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अमेरिकी फर्स्ट लेडी मेलानिया ट्रम्पलाई कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार ट्विटरमार्फत् उनले आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

यससँगै आफू क्वारेन्टिनमा बस्ने र आफूहरु छिटै निको हुने विश्वास पनि उनले व्यक्त गरेका छन् । यसअघि ट्रम्पका वरिष्ठ सल्लाहकारमध्येकी एक होप हिक्सलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यसपछि ट्रम्प र मेलानियाको पनि कोरोना परीक्षण गरिएको थियो । परीक्षणको क्रममा उनीहरुलाई पनि कोरोना संक्रमण पुष्टि भएको हो ।

 

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*