करको दर र अन्तःशुल्क घटाउने
काठमाडौं । सरकारले करको दर र अन्तःशुल्क घटाउने निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले करका दर र अन्तःशुल्क घटाउने निर्णय गरेको बताएका हुन् ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा आर्थिक ऐन २०७७ को दफा १८ उपदफा १ बमोजिम करका दरहरु र अन्तःशुल्क घटाउने निर्णय भएको मन्त्री ज्ञवालीले बताए ।
यो व्यवस्था विहिबार राजपत्रमा प्रकाशित भई कार्यान्वयनमा आएको पनि उनले बताए ।










