राँगाको मासु खाँदा १४ जना बिरामी

हेटौडा न्युज
१६ आश्विन २०७७, शुक्रबार १२:४८
;

कञ्चनपुर । राँगाको मासु खाँदा भीमदत्त नगरपालिका–१३ सोनापुर टोलका १४ जना बिरामी परेका छन् । वडा नम्बर १२ का बंगला चदाराले काटेको राँगाको मासु खाँदा १४ जना बिरामी भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए ।

उनीहरुको महाकाली अस्पतालमा उपचार भैरहेको छ । बिरामीमा झाडापखाला, ज्वरो, बान्ता भएको अस्पतालले जनाएको छ ।

राँगो काटेर मासु बिक्री गर्ने चदारालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*