हेटौंडाका थप ३१ जनामा कोरोना संक्रमण पुष्टि

मकवानपुर । हेटौंडाका थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । किटजन्य रोग तथा अनुसन्धान केन्द्रमा गरिएको परिक्षणमा हेटौंडाका ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलगाईका अनुसार संक्रमित सबै हेटौंडाका छन् । कोरोना संक्रमण पुष्टि हुनेहरुमा १२ महिला र १९ पुरुष रहेका छन् ।
असोज १२ देखि १४ गतेसम्म संकलन गरिएकाको स्वाब परीक्षणको नतिजा विहिबार बेलुकी सार्वजनिक गरेको जनाईएको छ ।
संक्रमितहरुको विवरणः
हेटौंडा–१ का २ जना ( ३८ र ३६ वर्षीया महिला)
हेटौंडा–२ का ४ जना (२८ वर्षीया महिला र १८, ३६ र ४८ वर्षीय पुरुष)
हेटौंडा–३ का १ जना (२३ वर्षीय पुरुष)
हेटौंडा–४ का ४ जना (५९, ६० वर्षीय महिला र २६, ६८ वर्षीय पुरुष)
हेटौंडा–५ का २ जना (३४ र ६८ वर्षीय पुरुष)
हेटौंडा–६ का १ जना (३४ वर्षीय पुरुष)
हेटौंडा–७ का १ जना (७८ वर्षीय पुरुष)
हेटौंडा–८ का ६ जना (३४ वर्षीया महिला र ५८, २८, ३८, ५९ वर्षीय पुरुष)
हेटौंडा–९ का १ जना (३५ वर्षीया महिला र ३२ वर्षीय पुरुष)
हेटौंडा–१० का १ जना (३८ वर्षीया महिला)
हेटौंडा–११ का ३ जना (३० वर्षीया महिला र २६, ३० वर्षीय पुरुष)
हेटौंडा–१५ का १ जना (२७ वर्षीया महिला)
हेटौंडा–१७ का १ जना (३० वर्षीया पुरुष )
हेटौंडा–१८ का १ जना ४७ वर्षीय पुरुष)