थप एक कोरोना संक्रमित पुरुषको मृत्यु

बुटवल । बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा उपचाररत थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । पाल्पा रामपुर–७ का कोरोना संक्रमित ६० वर्षीय पुरुषको बिहीबार राति मृत्यु भएको हो ।
असोज १३ गते अस्पताल भर्ना भएका उनको बुटवल कोरोना विशेष अस्थायी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डाक्टर विष्णु गौतमले जानकारी दिए ।
गौतमका अनुसार उनलाई २ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।