मृत्यु भएको दुई दिनपछि कोरोना पुष्टि

काभ्रे । काभ्रेमा मृत्यु भएको दुइ दिनपछि कोरोना संक्रमण पुष्टि भएको छ । महाभारत गाउँपालिका–२ कुपिन्टारका २८ वर्षीय पुरुषमा मृत्यु भएको दुई दिन पछि मृत्यु भएको हो ।
ती पुरुषको बुधबार बिहान नै मृत्यु भएको थियो । स्वास्थ्य अवस्था जटिल भएपछि खानीखोला गाउँपालिका–३ स्थित एक मेडिकलमा उपचाररत उनलाई असोज १४ गते कैलाश एयरको हेलिकोप्टरमार्फत् धुलिखेल समुदायिक अस्पताल पुर्याइएकोमा उपचार गर्न नपाउँदै मृत्युको भएको थियो।
धुलिखेल अस्पतालमा मृत्युको भएपछि पिसिआर परीक्षण गर्दा पोजेटिभ आएको हो ।
योसँगै काभ्रेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ ।