दुई कोरोना संक्रमितको एम्बुलेन्सभित्रै मृत्यु
मोरङ । उपचारका लागि लैजादैँ गर्दा दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।
सुनसरीको खनार र सिरहा सुकीपुर दुई पुरुषलाई उपचारका लाग मोरङ्गको बुढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा उपचारका लागि लैजादै गर्दा एम्बुलेन्समै मृत्यु भएको हो ।
खनारका ९२ वर्षीय बृद्ध र सुकीपुरका ५५ वर्षीय पुरुषलाई उपचारका लागि अस्पताल पुर्याउँदै गर्दा मृत्यु भएको हो ।
अस्पतालको आइसोलेसन ईन्चार्ज सुनिल देवका अनुसार दुवै जना दिउँसो करिब साढे १२ बजे एम्बुलेन्सभित्रै मृत्यु भएको अवस्थामा रहेका थिए ।
खनारका बृद्धमा तीनदिन अघि कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
त्यसैगरी, सिरहा सुकीपुरका पुरुषको सोमबारदेखि नै नोबेल शिक्षण अस्पतालको भेन्टिलेटरमा उपचाररत थिए । उनको पनि कोरोना पोजिटिभ रिपोर्ट आएपछि नोबेलले विराट शिक्षण अस्पतालका लागि रिफर गरेको थियो ।
उनीहरुलाई एम्बुलेन्समा राखेर ल्याउने क्रममा मृत्यु भएको देवको भनाइ छ ।










