नेपालमा एकैदिन २७ सय २२ जना कोरोना संकमित थपिए

हेटौडा न्युज
१६ आश्विन २०७७, शुक्रबार १६:३९
;

काठमाडौं । नेपालमा आज एकैदिन थप २ हजार ७ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ हजार ७ सय ३९ जनाको पिसिआर परीक्षण गरिएकोमा २ हजार ७ सय २२ जनामा कोरोना पुष्टि भएको हो ।

यो सँगै कोरोना संक्रमितको संख्या ८२ हजार ४ सय ५० पुगेको छ । त्यस्तै आज २१ हजार २ सय ३४ जना सक्रिय संक्रमित रहेका छन ।

हालसम्म नेपालमा १० लाख ४८ हजार ६८६ जनाको पिसिआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ३ सय ७ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या ६० हजार ६९६ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*