एकैदिन ३३ सय ७ जनाले जिते कोरोना, हालसम्म कुन प्रदेशमा कतिले जिते ?

हेटौडा न्युज
१६ आश्विन २०७७, शुक्रबार १६:४८
;

काठमाडौं । नेपालमा एकैदिन थप ३ हजार ३ सय ७ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मुलुकभरका अस्प्तालमा उपचाररत ३ हजार ३ सय ७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

यो संख्यासँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ६० हजार ६ सय ९६ पुगेको छ ।

स्वास्थ्य प्रवक्ता गौतमका अनुसार डिष्चार्ज हुनेमा प्रदेश १ मा ५४०२, प्रदेश २ मा १३९२८, बागमति प्रदेशमा १८८५१, गण्डकी देशमा ३३७९, प्रदेश ५ मा ९०८१, कर्णाली प्रदेशमा ३०२५ र सुदुरपश्चिम प्रदेशमा ७०३० जना रहेका छन् ।

मन्त्रालयका अनुसार आजसम्म डिस्चार्ज हुनेको यो संख्या ७३.६ प्रतिशत हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*