उपत्यकामा एकैदिन १६ सय ३८ जना कोरोना संक्रमित थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा थप १ हजार ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ६ सय ३८ जनामा कोरोना पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार काठमाडौँमा १२८०, ललितपुरमा १६२ र भक्तपुरमा १९६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।