कोरोना संक्रमणबाट मकवानपुरका एकसहित ११ जनाको मृत्यु

हेटौडा न्युज
१६ आश्विन २०७७, शुक्रबार १७:०७
;

काठमाडौं । कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । कोरोना संक्रमण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको हो ।

मन्त्रालयका अनुसार मृत्यु हुनेहरुमा चार महिला र सात पुरुष रहेका छन् ।
शुक्रबार कोरोना संक्रमणबाट मृत्यु हुनेहरुमध्ये काठमाडौं उपत्यकाका मात्र पाँच जना रहेका छन् ।

काठमाडौंकी ६७ वर्षीया महिला, भक्तपुरका ५१ र ६१ वर्षीया महिला र ललितपुरका ३२ र ७० वर्षीय पुरुषको मृत्यु भएको हो।

त्यसैगरी मोरङमा २७ वर्षीय पुरुष, मकवानपुरमा ७८, रुपन्देहीमा ६०, बाँकेमा ५० र ५९ वर्षीय पुरुषको मृत्यु भएको छ भने सुर्खेतमा ७५ वर्षीय महिलाको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ५२० पुगेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*