हल्लाको पछि नलाग्नुस्, तत्काल लकडाउन हुँदैनः स्वास्थ्यमन्त्री ढकाल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोनाको कारण तत्काल लकडाउन गर्ने योजना नरहेको बताएका छन् ।
नेपालमा फेरि लकडाउन हुने हल्ला चलेपछि व्यवसायीहरुको टोलीले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालसँग भेटवार्ता गरेका थिए ।
उनीहरुले व्यवसायहरू विस्तारै खुल्न लागेको अवस्थामा फेरि लकडाउनको हल्लाले त्रसित बनेको व्यवसायीहरुले गुनासो पोखेका थिए ।
सोही क्रममा मन्त्री ढकालले हल्लाको पछि नलाग्न अनुरोध गर्दै तत्काल लकडाउन नहुने बताएका छन् ।