हेटौंडाका थप ८ जनामा कोरोना पुष्टि (विवरणसहित)

हेटौडा न्युज
१७ आश्विन २०७७, शनिबार ०७:५८
;

मकवानपुर । हेटौंडाका थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । किटजन्य रोग तथा अनुसन्धान केन्द्र हेटौंडामा गरिएको परिक्षण हेटौंडाका थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

हेटौँडा उपमहानगरपालिकाका स्वास्थ्य निरीक्षक भोला चौलागाईंका अनुसार संक्रमण पुष्टि हुनेहरुमा ५ जना महिला र ३ जना पुरुष रहेका छन् ।

संक्रमितहरुको विवरणः
हेटौंडा–२ का १ जना (५९ वर्षीया महिला)
हेटौंडा–५ का २ जना (२२ वर्षीया महिला र २९ वर्षीय पुरुष)
हेटौंडा–६ का १ जना (२२ वर्षीया महिला)
हेटौंडा–८ का १ जना (३४ वर्षीया महिला)
हेटौंडा–९ का १ जना (३८ वर्षीय पुरुष)
हेटौंडा–११ का २ जना ( ४० र ४८ वर्षीया महिला)

त्यस्तै सो परिक्षणमा मनहरीका १ जना र जिल्ला बाहिरका ३ जना जनामा कोरोना पुष्टि भएको चौलागाईले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*