थप ३२ सैनिकमा कोरोना संक्रमण पुष्टि

हेटौडा न्युज
१७ आश्विन २०७७, शनिबार ०८:३०
;

कैलाली । थप ३२ सैनिकमा कोरोना संक्रमण पुष्टि भएको छ । कैलालीमा रहेको नेपाली सेनाको तेघरी ब्यारेकमा कार्यरत थप ३२ सैनिकमा कोरोना संक्रमण पुष्टि भएको हो ।

शुक्रबार सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा भवानी दल गण तेघरी ब्यारेकमा कार्यरत थप ३२ जना सैंनिकमा कोरोना पुष्टि भएको हो ।

यसअघि असोज ११ गते तेघरी ब्यारेकमा कार्यरत १३ जना सैनिक कोरोना पुष्टि भएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*