कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख नाघ्यो

हेटौडा न्युज
१७ आश्विन २०७७, शनिबार १०:१०
;

काठमाडौं । भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख नाघेको छ । पछिल्लो २४ घण्टामा एक हजार ६९ जनाको मृत्यु भएसँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख नाघेको हो ।

शुक्रबार साँझसम्म भारतमा कोरोना संक्रमणबाट एक लाख ८ सय ४२ जनाको मृत्यु भएको भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणबाट एक लाखभन्दा बढी मृत्यु हुने भारत तेस्रो मुलुक बनेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*