कोरोना संक्रमणबाट २८ वर्षीया महिलाको मृत्यु

काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक महिलाको मृत्यु भएको छ ।
इनरुवा–४ सुनसरीकी २८ वर्षीया महिलाको आज बिहान साढे ४ बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा। आशिष श्रेष्ठले जानकारी दिए । ती महिलामा अन्य दीर्घरोग थिएन ।
बीपी प्रतिष्ठानमा परीक्षण गर्दा यही असोज ८ गते ती महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो ।