मकवानपुरका १ हजारबढीले जिते कोरोना

मकवानपुर । मकवानपुरमा पछिल्लो दुई दिनमा जिल्लामा थप ६४ जना कोरोना संक्रमण मुक्त भएका छन् । यो संगै जिल्लामा संक्रमण मुक्त हुनेको संख्या १ हजार २ सय ४२ पुगेको छ ।
जिल्लामा हालसम्म कोरोनाको कारण १४ जनाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यलय मकवानपुरका सूचना अधिकारी राम केसीले जानकारी दिए ।
जिल्लामा सक्रिय संक्रमितको संख्या १ सय १९ जना रहेको जनाइएको छ । हालसम्म जिल्लाबाट थप उपचारको लागि ८ जनालाई जिल्ला बाहीरहेको अस्पतालमा रिफर गरिएको छ ।
जिल्लामा हालसम्म पुष्टि भएका १३ सय ८४ जना कोरोना संक्रमित मध्ये सक्रिय संक्रमितको संख्या १ सय १९ मात्र रहेको छ ।
जसमा ३० जना आईसोलेसन र ८९ जना होम आइसोलेसन गरी १ सय १९ जना उपचाररत रहेका छन् ।