नेपालमा थप २ हजार २ सय १९ जनामा कोरोना पुष्टि

हेटौडा न्युज
१८ आश्विन २०७७, आईतवार १६:५४
;

काठमाडौं । नेपालमा थप २ हजार २ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप २ हजार २ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत सो नेपालमा थप २ हजार २ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएका हुन् ।

यससँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ८६ हजार ८ सय २३ जना पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय २९ जना संक्रमण मुक्त भएसँगै संक्रमण निको हुनेको संख्या ६४ हजार ६९ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशको विभिन्न प्रयोगशालामा गरी १२ हजार ७ सय ८४ जनाको पीसीआर विधिबाट नमुना परीक्षण भएको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या २२ हजार २ सय १९ जना रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*