घरेलु मदिरासहित हेटौंडाका २ युवक बारा प्रहरी नियन्त्रणमा

हेटौडा न्युज
१९ आश्विन २०७७, सोमबार १३:०५
;

मकवानपुर । बारा प्रहरीले अवैध घरेलु मदिरासहित २ जनालार्य पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडाका २ जना युवक रहेका छन् । उनीहरुलाई इलाका प्रहरी कार्यालय जितपुरबाट खटिइएको प्रहरी टोलीले एक हजार लिटर घरेलु मदिरासहित आइतबार पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१२ बस्ने ३७ वर्षीय भिमसेन पुलामी र हेटौंडा उपमहानगरपालिका–१४ बस्ने ३३ वर्षीय लक्ष्मण बल रहेका छन् ।

आइतबार हेटौंडाबाट वीरगंजतर्फ जाँदै गरेके ना ६ ख ५४०४ नम्बरको ट्रक बाराको जितपुर सिमरा उपमहानगरपालिका–७ स्थित सवारी साधन चेकजाँच गर्ने क्रममा शंका लागि चेकजाँच गर्दा उक्त परिणामको घरेलु मदिरा बरामद भएपछि निजहरुलाई उक्त ट्रक र बरामद मदिरासहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, पक्राउ परेका भिमसेन ट्रक चालक र लक्ष्मण ट्रकका सहचालक हुन् ।

उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि आन्तरिक राजश्व कार्यालय सिमरा, बारामा पठाइएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*