हेटौंडाबाट लागुऔषध गाँजासहित तीन जना पक्राउ

हेटौडा न्युज
१९ आश्विन २०७७, सोमबार १६:१७
;

मकवानपुर । अवैध लागूऔषध गाँजासहित तीन जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले १० किलो लागुऔषध गाँजासहित ३ जनालाई पक्राउ गरेको जनाएको हो ।

प्रहरीले पुर्व पश्चिम लोकमार्ग सडक खण्ड अन्तर्गत पर्ने हेटौंडा उपमहानगरपालिका–३ लेवर्टमा ३–०३–००१ ज ००१२ नम्बरको यात्रुवाहक म्याजिकलाई रोकी चेकजाँच गर्दा उक्त म्याजिकमा सवार ३ जना व्यक्तिसहित सो परिमाणमा अवैध लागूऔषध गाँजा पक्राउ गरेको जनाएको हो ।

पक्राउ पर्नेहरुमा हेटौंडा–१९ बस्तीपुर बस्ने ४६ वर्षीय विर बहादुर घलान, कैलाश गाउँपालिका घर भएकी मनहरी–५ बस्ने ४० वर्षीया सृजना तामाङ र कैलाश गाउँपालिका–१० बस्ने बर्ष २४ को प्रकाश तामाङले रहेका छन् ।

प्रहरीले नेवारपानीबाट हेटौंडा बजारतर्फ आउँदै गरेकोसो म्याजिकमा सवार उनीहरुको झोलामा लुकाई छिपाई ल्याउँदै गरेको उक्त परिणामको गाँजा बरामद भएपछि निजलाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धान तथा कानूनी कारबाहीका भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*