लागूऔषध नाईट्रोभेट सहित २ जना पक्राउ

हेटौडा न्युज
२० आश्विन २०७७, मंगलवार १६:३६
;

मकवानपुर । जिल्ला प्रहरी कार्यालयले लागूऔषध नाईट्रोभेट ८ सय ७० थान सहित द्द जनालाई पक्राऊ गरी सार्वजनिक गरेको छ ।

आज विहान करीब ९ बजे भिमफेदी गाउँपालिका वडा नम्बर–२ स्थित स्थित त्रिभुवन राजपथ सडक खण्डमा प्रहरी चौकी भैँसेबाट सइ कुलबहादुर श्रेष्ठको कमाण्डमा खटिएको चेकिङ टोलीले पक्राऊ गरेको हो ।

हेटौडाबाट काठमाण्डौ तर्फ जादैँ गरेको बा.९६ प ३२८५ नं को मोटरसाईकल चेकजाँचको क्रममा सो परिमाणको लागूऔषधसहित चालक जिल्ला प्युठान मल्लरानी–३ का काठमाण्डौ बालाजु शान्तीटोल बस्ने वर्ष १८ को सतिश दमाल मगर र मोटरसाईकलमा सवार कालीकोट घोचायबाडा–३ का काठमाण्डौ– ३ बस्ने वर्ष १८ को बज्र रोकायालाई पक्राऊ गरेको जनाएको छ ।

पक्राऊ परेका उपर अनुसन्धान भईरहेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी इन्द्रबहादुर रानाले जानकारी दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*